आगलागीमा वृद्धको मृत्यु



Dead body in a mortuary

विराटनगर, (नेस)।

ग्याँस लिक भई आगलागी हुँदा विराटनगरमा एक व्यक्तीको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–२ शनिहाटका ७५ वर्षीय जयप्रसाद दाहालको मृत्यु भएको हो। सपरिवार काठमाडांै बस्दै आए पनि शुक्रबार मात्रै विराटनगर आएर ैआफ्नो घरमा बस्नुभएको थियो।

उहाँको परिवार काठमाडांै बस्ने भएकाले राधेश्याम दराक घरमा भाडामा बस्दै आउनुभएको थियो। घरधनीले घर बेच्ने जानकारी गराएपछि शुक्रबार मात्र दराक सपरिवार घर सर्नुभएको थियो। सो घरमा रहेको टेलिफोन लाइन सार्न जाँदा बिहान दराक त्यहाँ पुग्दा दाहाल मृत भेटिनुभएको थियो।

आगनमा पुगेर पटकपटक घरधनीलाई बोलाउदा पनि ढोका नखोलेपछि आफूले छरछिमेक बोलाई कोठामा प्रवेश गर्दा दाहाल आगलागीबाट जलेर मृत भेटिएको दराकले बताउनुभयो। सो विषयमा जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक विकास राईको नेतृत्वमा प्रहरी टोलीले घटनास्थल पुगेको थियो।

कोठामा भेटिएको कोशी ग्याँसको पाइप जलेको र रेगुलेटरको क्याप निस्किएको अवस्थामा भेटिएको छ भने मृतकको शरीर अधिकांश भाग जलेको अवस्थामा भेटिएको प्रहरी निरीक्षक राईले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्