महाकालीको दूषित पानी प्रयोग गर्न बाध्य



बैतडी, (नेस)।

दशरथचन्द नगरपालिका–१० तिरखडेनीका स्थानीयवासी महाकालीको प्रदूषित पानी पिउन बाध्य छन्। गाउँमा खानेपानीको समस्या भएपछि नदीकै प्रदूषित पानी प्रयोग गर्नुपरेको हो।

‘गाउँमा आउने पानीको मुहान सुकेपछि आफूहरू महाकाली नदीकै पानी प्रयोग गर्न बाध्य भएका छौं, स्थानीय शान्ति बुडालले भन्नुभयो– ‘गाउँमा नजिक मुहान नभएकोले नदीकै पानी पिउनुपर्ने बाध्यता छ।’

महाकाली नदीको पानीमा अम्लीयपना बढी पाइएको छ। पानीको गुणस्तर मापन गर्दा ४ पीएच पाइएकालेको रुडेसका कार्यक्रम संयोजक तेजराम लोहारले बताउनुभयो।दक्षिण एसीयाली सीमा नदीको सामुदायिक परियोजना (ट्रोसा)अन्तर्गत महाकाली नदीको पानीको गुणस्तर मापन गर्दा अम्लीयपन धेरै पाइएको रुडेसका कार्यकारी निर्देशक गोविन्दराज जोशीले जानकारी दिनुभयो।

‘७ पीएचसम्मको पानी प्रयोग गर्न योग्य भए पनि तर यस नदीमा ४ पीएच छ,’ उहाँले भन्नुभयो– ‘भएको अम्लीयपनाले माछा समेत लोप हुँदै गइरहेका छन्।’
जमिनमा प्रयोग गरिने रसायनिक मल बगेर नदीमा जानु, ढलहरू नदीमा मिसाउनेलगायतका कारणले नदीको पानीमा अम्लीय तथा क्षारीयपना बढ्ने गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्