बसमा लैंगिक हिंसाविरुद्धको स्टिकर



नेपाल समाचारपत्र, रौतहट।

लंैगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत आइतबार रौतहट भएर चल्ने सवारी साधनमा ‘लैंगिक हिंसा अन्त्यका लागि सबै जुटौं, कोही नछुटांै’ भन्ने नारा लेखिएको स्टिकर टाँस्न शुरू गरिएको छ।

प्रहरी प्रधान कार्यालयअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पीताम्बर अधिकारीले एक कार्यक्रमका बीच चन्द्रनिगाहपुरमा सवारी साधनको अगाडि र भित्र सो स्टिकर टाँसेर कार्यक्रमको शुरू भएको हो।

सो अभियानको शुरुआत गर्दै उहाँले कुनै पनि प्रकारको हिंसाले समाजमा फाइदा नपुग्ने भएकाले आजैबाट सबैले आ–आफ्नो तह र तप्काबाट हिंसा अन्त्यका लागि लाग्नुपर्ने बताउनुभयो। यसवर्ष लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको मूल नारा ‘समानताको पुस्ता बलत्कारविरुद्धको ऐक्यबद्धता’ रहेको छ।

सवारी साधनमा समेत महिलामाथि दुव्र्यवहार, बलत्कार, हिंसाका घटना हुने गरेकाले लामो तथा छोटो दुरीमा चल्ने सवारी साधनमा स्टिकर टाँसेर न्यूनीकरणको थालनी गरिएको उहाँले बताउनुभयो।

अभियानमा महिला अधिकारकर्मी, सञ्चारकर्मी, सवारी चालक, बुद्धिजीवीलगायतको उपस्थिति रहेको थियो।उता अभियान चलेकै बेला बलत्कार अभियोगमा यमुनामाईं गाउँपालिकाका सरुअठा हेल्थ पोस्टका इन्चार्ज तथा दाँत विशेषज्ञ सुधिरकुमार सिंहलाई प्रहरीले पक्राउ गरेको छ।

चितवन घर भई मंसिर १८ गते गौर घुम्न आएकी ३० वर्षीय महिला घर फर्कने क्रममा बसपार्क पुर्याईदिने बहानामा आफू कार्यरत रहेको हेल्थ पोस्टमा लगी बन्धक बनाएर बलत्कार गरेको आरोप छ।

प्रतिक्रिया दिनुहोस्