डिसहोम क्रेडिट सर्भिस अब ५ दिनसम्म पाइने



5DaysCreditLogo

डिस मिडिया नेटवर्कले ग्राहकको सदस्यता शुल्क समाप्त भइसकेपछि पनि ३ दिनसम्म थप म्याद दिँदै आएकोमा अब उक्त सेवाको म्याद थप गरी ५ दिन पुर्याएको छ।
यो सेवाका साथ ग्राहकले एकपटक किनेको नियमित सेवाको अवधि समाप्त भएपछि थप ५ दिनको क्रेडिट सेवा प्राप्त गर्न सक्नेछन्।

यसरी नियमित सेवाको अवधि समाप्त भएपछि थप गरिएको क्रेडिट अवधि ग्राहकहरूले आफ्नो सेवा नवीकरण गर्दा सोही नवीकरण अवधिमा मिलान गरिनेछ। यो प्रक्रिया झँझटरहित स्वचालित सेल्फ–सर्भिस मोडल प्रणालीमार्फत् सञ्चालित हुनेछ र यो सेवा सुविधा प्राप्त गर्नका लागि ग्राहकले कुनै प्रकारका अतिरिक्त व्ययभार व्यहोर्नु नपर्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्