एनएमबि बैंकद्वारा ‘एनएमबि जीवन चक्र बचत खाता’ शुरु



एनएमबि बैंकले ‘एनएमबि जीवन चक्र बचत खाता’ योजना ल्याएको छ। यो बैंकिङ योजनाले निक्षेपकर्ताको उमेर समूहका आधारमा योजना स्वचालित परिवर्तन हुने सुविधा उपलब्ध गराउँदछ। यस योजनाअन्तर्गत हरेक उमेर समूहका लागि विशेष खालका सुविधा उपलब्ध गरिएका छन्।

जसले जीवनकालका विभिन्न समयको परिवर्र्तनसँगै विशेष समूहका ग्राहकलाई आकर्षित गराउँदछ। आकर्षक योजनाका साथमा आवासीय घर मा हुनसक्ने चोरीलाई समेट्ने बीमासहितका अन्य लाभकारी फाइदा यस योजनालाई जीवनको पूर्ण वित्तीय साझेदार बनाउने लक्ष्य राखेको छ। हाल एनएमबि बैंकको देशभरि १६३ शाखा, १२८ एटीएम र ५ एक्सटेन्सन काउन्टरसहितको सञ्जाल रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्