भ्रमण वर्षको भारतमा प्रचार



काठमाडौं, (नेस)।

नेपाल भ्रमण वर्ष २०२० र प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले ‘भ्रमण वर्ष २०२० तथा नाइस (नेपाल इण्डिया चाइना एक्सपो)’ कार्यक्रम नयाँदिल्लीमा भारतका करिब ६० वटा प्रमुख ट्राभल व्यवसायी तथा सरोकारवालाबीच प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न गरेको छ।

नेपाल भ्रमण वर्ष २०२० का प्रबन्धक रोहिणी खनालले नेपाल सरकारद्वारा घोषणा गरिएको भ्रमण वर्ष लक्षित कार्यक्रम तथा पहलका सम्बन्धमा प्रस्तुती दिनुभएको थियो।

त्यस्तै पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले भ्रमण वर्षको सन्दर्भमा पाटा नेपालद्वारा आयोजना गरिने कार्यक्रम विषेशगरी नाइस कार्यक्रमको संरचना, तयारी र नेपाल भारत र चीन छिमेकी मुलुकको दिगो पर्यटन विकासका लागि यस कार्यक्रमले खेल्ने महत्वपूर्ण भूमिकाबारे प्रस्तुति दिनुभएको थियो।

पाटा अन्तर्राष्ट्रियका सीईओ डा. मारियो हार्डीले पाटाले विश्वकै दिगो विकास प्रवद्र्धनका लागि सहकार्य तथा समन्वयमा जोड दिइरहेको परिवेशमा नेपालद्वारा आयोजना गरिने नाइस कार्यक्रम अत्यन्त सराहनिय भएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्