नेप्सेमा सुधार



नेपाल समाचारपत्र, काठमाडौं। 

साताको पहिलो दिन आइतबार पुँजी बजार सकारात्मक दिशामा देखिएको छ। आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ दशमलव ४५ अंकले बढेको छ। शून्य दशमलव ३१ प्रतिशतले बढेको सूचक ११३५ दशमलव ३७ अंकमा पुगेर रोकिएको छ।

यस्तै सेन्सेटिभ परिसूचकमा पनि हरियाली आएको छ। यसदिन सेन्सेटिभ परिसूचक १ दशमलव ७५ अंकले बढ्दै २५० दशमलव ५२ अंकमा पुगेर रोकिएको छ।
आइतबार १ सय ७१ वटा कम्पनीको ९ लाख ८७ हजार ७ सय ३९ कित्ता शेयर २८ करोड ७५ लाखभन्दा बढी रकममा कारोबार भएको छ।

कारोबारमा आएका समूहमध्ये जलविद्युत्, वित्त, निर्जीवन बीमा, उत्पादन, जीवन बीमा र सामूहिक लगानी कोष समूहबाहेक सबै समूह बढेका छन्।
आइतबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापकतर्फ शेयर कारोबार सबैभन्दा धेरै भएको छ।

यस कम्पनीको २ करोड १३ लाख रुपियाँभन्दा बढीको शेयर कारोबार भएको छ। यसदिन कञ्चन डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यस कम्पनीको शेयर मूल्य ७ दशमलव १० प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्