महत्वपूर्ण परीक्षण



सोल, (एजेन्सी)।

उत्तर कोरियाले आइतबार आफ्नो भू–उपग्रह प्रक्षेपण क्षेत्रमा अत्यन्तै महत्वपूर्ण परीक्षण गरेको दाबी गरेको छ। सरकारी समाचार निकाय केसिएनएले त्यस परीक्षणको उद्देश्य राष्ट्रको सामरिक अवस्थालाई अद्यावधिक गर्नु रहेको जनाएको छ।

केसीएनएले अन्य थप विवरण खुलाएको छैन। तर अत्र्राष्ट्रिय रक्षा विश्लेषकले भू–उपग्रह प्रक्षेपक वा अन्तर महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रलाई शक्ति प्रदान गर्ने एउटा इन्जिनको स्थलगत परीक्षण गरेको हुनुपर्ने अनुमान गरेका छन्। प्योंगयांगले अमेरिकासँगको थप निशस्त्रीकरण वार्ता नगर्ने संकेत देखाएपछि यो परीक्षण भएको हो।

प्रतिक्रिया दिनुहोस्