अमेरिकी संसदमा काश्मिर मामिलाको प्रस्ताव पेस



वासिङ्टन, (एजेन्सी)।

भारतीय मुलककी अमेरिकी सांसद प्रमिला जयपालले अमेरिकी संसद्मा जम्मु काश्मिर मुद्दामा एक प्रस्ताव ल्याएकी छन्। ससद्मा पेस गरिएको उक्त प्रस्तावमा भारतलाई काश्मिरमा लगाइरहेको सञ्चार प्रतिबन्ध छिटोे हटाएर र सबै नागरिकको धार्मिक स्वतन्त्रता संरक्षित राख्न अपिल गरिएको छ।

जयपालद्वारा कयौं हप्ताको प्रयत्नपछि प्रतिनिधिसभामा पेस गरिएको यस प्रस्तावलाई कन्सासका रिपब्लिकन सांसद स्टिव वाटकिन्सले समर्थन जनाएको छ। यो प्रस्ताव मात्र भएकोले अर्को सदनमा यसमाथि मतदान हुने छैन र यो कानुन बन्दैन। प्रस्तावमा भारतको पुरै जम्मु काश्मिरमा सञ्चार सेवामाथि लगाइएका प्रतिबन्ध हटाउन र इन्टरनेट सेवालाई बहाल गर्न अपिल गरिएको छ।

उक्त प्रस्ताव पेस हुनुअघि अमेरिकाका भारतीय मुलका अमेरिकीले विभिन्न मञ्चबाट त्यसको विरोध गरेका थिए। उनको कार्यकालमा उक्त प्रस्ताव पेस नगराउन भारतीय मुलका अमेरिकीको २५ हजारभन्दा धेरै इमेल प्राप्त गरेका थिए।

भारतीय अमेरिकीले काश्मिरमा प्रस्ताव पेस गर्ने उनको कदमविरुद्ध उनको कार्यालयबाहिर शान्तिपूर्ण विरोध प्रदर्शन गरेका थिए। प्रमिला जयपालले ट्विटमा भनिन्– ‘हिजो मैलै स्टिव वाटकिन्ससँग मिलर सदनमा एक प्रस्ताव पेस गरेकी छु। भारत सरकारलाई जम्मु काश्मिरमा सञ्चार प्रतिबन्ध चाँडोभन्दा चाँडो हटाउन र सबै नागरिकको धार्मिक स्वतन्त्रता संरक्षित राख्न अपिल गरेकी छु।’

प्रतिक्रिया दिनुहोस्