बाढीका कारण १६ को मृत्यु



आइल, (एजेन्सी)।

थुप्रै सातादेखि भइरहेको भीषण वर्षको कारण युगान्डामा आएको बाढीले कम्तीमा १६ जनाको ज्यान लिएको अन्तर्राष्ट्रिय रेडक्रसले जनाएको छ। दातृ समूहले युगान्डाको पश्चिमी बुन्दिबुग्यो क्षेत्रमा बाढीले बगाएका मानिसको शव उद्धारकर्मीले निकाल्दै गरेको जनाएको छ।

यस भयानक बाढीले थुप्रै घर बगाउनुका साथै सडकमा क्षति पुर्याएकाले आवागमनमा समेत बढी पीडितलाई निकै कठिनाइ भइरहेको स्थानीय सञ्चार माध्यमले जनाएको छ। पछिल्लो केहि साता यता पूर्वीअफ्रिकाका थुप्रै भागमा बाढी र पहिरो आएको बुझिएको छ।

हिन्द महासागरमा देखिएको अस्वाभाविक मौसमी घटनाका कारण बाढी पहिरो गएको विशेषज्ञको भनाइ रहेको छ। यसैबीच सोमालियामा पनि सरकारी निकाय शनिबार उत्तरी समुद्री तटमा पावान नामक आँधी तुफानको कारण क्षतिग्रस्त पूर्वाधार पीडितको राहत सहयोगका लागि उद्धारकर्मी परिचालनमा ब्यस्त रहेको छ।

सो क्षेत्रको आइल शहरसँगको सम्पर्क पूणरूपमा विच्छेद हुन पुगेको छ। प्रहरी, सेना तथा दातृनिकायका थुप्रै स्वयम्सेवक बाढीग्रस्त दर्जनभन्दा बढी स्थानमा परिचालन गरिएको छ। बगाएका व्यक्तिको संख्या थाहा हुन नसकेकाले मृतकका संख्य बढ्ने सम्भावना धेरै रहेको सरकारी सुत्रले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्