‘पाँच वर्षभित्र सबै वडा आफ्नै भवनमा’



ललितपुर, (नेस)। 

ललितपुर महानगरपालिका–८ का बासिन्दाले अब वडाको आफ्नै भवनबाट सेवा प्राप्त गर्न सक्ने भएका छन्। बालकुमारी गोइत दोमारस्थित वडा भवन निर्माण गर्न लागिएको हो। उक्त भवनको महानगरका प्रमुख चिरीबाबु महर्जनले शिलान्यास गर्नुभएको छ।

अहिले वडाले स्थानीय बासिन्दालाई भाडाको भवनबाट सेवा प्रदान गर्दै आएको छ। महानगरका प्रमुख चिरीबाबु महर्जनले पाँच वर्षभित्र सबै वडाहरूको आफ्नै भवन निर्माण गर्ने बताउनुभयो। उहाँले भन्नुभयो– ‘सबै भवन अपा·ता, जेष्ठ नागरिकमैत्री हुनेछन्।’

उहाँले सबै सार्वजनिक संरचना अपा·तामैत्री बनाउने नीति महानगरको भएकोसमेत स्पष्ट पार्नुभयो। वडा नं ८ का वडा अध्यक्ष हेम महर्जनले ६ महिनाभित्र वडा भवन निर्माण कार्य सम्पन्न गर्ने बताउनुभयो। आफ्नो भवन नहुँदा कार्यसम्पदानमा अप्ठ्यारो भएको उहाँको भनाइ थियो।

वडा अध्यक्ष महर्जनका अनुसार भवन ६ महिनाभित्र निर्माण सम्पन्न गरिनेछ। अपा·ता र जेष्ठ नागरिक मैत्री यो भवनबाट कार्यसम्पदान गर्दा नागरिकले सजिलो महसुस गर्ने उहाँको दाबी थियो। वडा सदस्य प्रकाश महर्जनले चार आना तीन पैसा जग्गामा वडा भवन निर्माण गर्न लागिएको बताउनुभयो।

सार्वजनिक जग्गामा निर्माण गर्न लागिएको उक्त भवन अपा·ता मैत्री हुने उहाँले जानकारी दिनुभयो। आफ्नै भवनबाट काम गर्दा व्यवस्थित र प्रभावकारी हुने उहाँको भनाइ थियो। कार्यक्रममा ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जन र समाजसेवी श्यामकृष्ण चित्रकारलगायतको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्