जनचेतनामूलक कार्यक्रम गर्न आग्रह



नेपाल समाचारपत्र, काठमाडौं। 

अन्नपूर्ण होटलकी कार्यकारी अध्यक्ष सृजना राणाले अर्बुद रोग निवारणका लागि जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै अगाडि बढ्न आग्रह गर्नुभएको छ। उहाँले नेपाल अर्बुदरोग निवारण संस्था, काठमाडौं जिल्ला शाखाको २७औं जिल्ला सभाको कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै यस्तो आग्रह गर्नुभएको हो।

यस्तै कार्यक्रममा संस्थाका सचिवले दिव्यलक्ष्मी वज्राचार्यले संस्थाको वार्षिक गतिविधि प्रस्तुत गर्नुभएको थियो भने लेखापरीक्षण संस्थाका कोषाध्यक्ष श्रीकृष्ण महर्जनले प्र्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै संस्थाका सभापति अजय सिंह सुवालले संस्थाका आगामी क्रियाकलापलाई चुस्त रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। यसका साथै उपस्थित अतिथिहरूलाई मायाको चिनो पनि वितरण गरिएको थियो।

नेपाल अर्बुद रोग निवारण संस्थाले लामो समयदेखि क्यान्सर जस्तो खतरनाक रोगबाट बच्ने उपायहरूबारे नेपालभर जनचेतना फैलाउने काम गर्दै आइरहेको छ।नेपाल अर्बुद रोग निवारण संस्था, काठमाडौं जिल्ला शाखाको २७औं जिल्ला सभा सम्पन्न भएको छ।

अन्नपूर्ण होटलका कार्यकारी अध्यक्ष सृजना राणाको प्रमुख अतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका पूर्व केन्द्रीय अध्यक्ष दिवाकर राजकर्णिकारसहित अन्य सदस्यहरूको उपस्थिति रहेको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्