कालिगण्डकी कोरिडोर सडक : बाँदर हिँड्न नसक्ने भिरमा सेनाद्वारा सडक निर्माण



Kaligandaki Corridor, one of Nepal’s national pride projects, which connects northern and southern border points of Nepal, being constructed by Nepal Army, in Baglung, on Sunday, May 15, 2016. Photo: RSS

यमलाल भुसाल, बुटवल।

बाँदर हिँड्न नसक्ने भिरमा चार लेनको सडक निर्माण गरी गाडी गुडाउन सहज बनाएको भन्दै नेपाली सेनाले गरेको कार्यको स्थानीयले प्रशंसा गरेका छन्। गुल्मीको रिडीदेखि बाग्लुङको मालढुंगासम्मको ८० किलोमिटर कालिगण्डकी कोरिडोर सडक समयमै सम्पन्न गरेपछि खुसी छाएको हो।

विस २०७० साल बैशाख २० गतेबाट रिडीदेखि बाग्लुङको मालढुंगासम्मको सडकको ट्र्याक खोल्ने गरी काम शुरु गरेको नेपाली सेनाले विसं २०७४ साल असोज १० गते पहिलो चरणको काम सम्पन्न गरेको हो।

पहिलो चरणमा पाँच वटा वेली वृज पुलसहितका लागि ९३ करोड लागतमा नेपाली सेनाले काम सम्पन्न गरेको सडक निर्माणमा खटिनु भएका नेपाली सेनाका प्रा.कर्नेल अवकास प्राप्त रेस्मीराज भट्टराईले बताउनुभयो।

पहिलो चरणको काम समयमै सम्पन्न गरेपछि नेपाल सरकारले उक्त सडकको स्तरोन्नती गर्ने गरी डबल ट्रयाक बनाउने र अपगे्रडिंगका लागि पुनः नेपाली सेनालाई दोस्रो चरणको काम गर्न स्वीकृत प्रदान गरेको हो। दोस्रो चरणको कामका लागि पनि करिब ९३ करोड नै लागत लाग्ने सेनाले अनुमान गरेको छ।

दोस्रो चरणको काम विसं २०७५ बैशाखबाट शुरु गरेको र विसं २०७७ को चैत्र मसान्तभित्र सम्पन्न गरी सडक विभागलाई सडक हस्तान्त्ररण गरी सक्नु पर्ने छ।
सेनाले उक्त सडक रिडीदेखि रुद्रवेनीसम्मको ७ किलोमिटर सडक विभागलाई हस्तान्त्ररण गरी सकेको र यही मंसिर महिनाभित्रै रुद्रवेनीदेखि अर्वेनीसम्मको २० किलोमिटर र बाग्लुङको मालढुंगादेखि वलेवाससम्मको १० किलोमिटर गरी ३० किलोमिटर सडक हस्तान्तरण गर्ने तयारीमा रहेको प्रा.कर्नेल अवकास प्राप्त भट्टराईले बताउनुभयो। नेपाली सेनाको विकास निर्माण निर्देशनालयले उक्त सडकको निर्माण कार्य गरेको हो।

‘भिरमा घा”स समायर जोखिमपूर्ण तरिकाले यात्रा गर्नुपर्ने बाध्यताको अन्तस”गै, स्थानीय उत्पादन बजारसम्म पुर्याउन सहज हुनेभयो, मिर्मिकास्थानीय लेखनाथ पाण्डेले भन्नुभयो– ‘यो सडक निर्माण भएपछि सुत्केरी र बालबालिकाको मृत्युदर समेत घटेको छ।’

कालिगण्डकी कोरिडोरको सडक गुल्मी, बाग्लुङबाट पोखरा र मुक्तिनाथ धामसँग जोडिएकोले मुक्तिनाथ दर्शन गर्न जानेहरूलाई सहज हुने भएको छ। कोरिडोर सडक निर्माणले मिर्मि हरमिचौरबाट गुल्मी, पाल्पा, पर्वत, बाग्लुङ, स्याङ्जा जिल्लाको सदरमुकाम जान ७० देखि ७५ किलोमिटरको दुरीमा सजिलै पुग्ने वातावरण सृजना भएको छ।

प्रतिक्रिया दिनुहोस्