दुई उम्मेदवारको धरौटी जफत



बैतडी, (नेस)।

यही मंसीर १४ गते सम्पन्न भएको उपनिर्वाचनमा बैतडीमा दुईजना उमेदवारको धरौटी जफत भएको छ। खसेको मतको १० प्रतिशत मत नल्याउने उम्मेद्वारको धरौटी जफत भएको जिल्ला निर्वाचन कार्यालय बैतडीका निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले जानकारी दिनुभयो।

दोगडाकेदार गाउँपालिका–४ को वडा अध्यक्ष पदमा राप्रपा संयुक्तका तर्फबाट उमेदवारी दिएका देवसिंह खत्री र पुर्चौंडी नगरपालिका–४ मा स्वतन्त्र उमेदवारी दिएका चन्द्रबहादुर बोहराको धरौटी जफत भएको हो।

खत्रीले कुल खसेको १ हजार ९८ मत मध्ये ६ मत मात्र प्राप्त गर्नुभएको थियो भने बोहराले कुल खसेको १ हजार ३३० मत मध्ये ३५ मत मात्रै प्राप्त गर्नुभएको थियो।

धरौटी फिर्ता पाउनका लागि उम्मेद्वारहरूले कुल खसेको मतको १० प्रतिशत मत आफ्नो पक्षमा ल्याउनुपर्ने प्रावधान छ। अन्य उम्मेद्वारहरूले पनि निर्वाचन भएको ९० दिनभित्र आफ्नो धरौटी फिर्ताका लगि निवेदन दिई सक्नुपर्ने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्