सहयोगको पर्खाइमा दलित प्राथमिक विद्यालय



वासुदेव शर्मा, जाजरकोट

नलगाड नगरपालिका–१२ स्थित बायकाँडामा रहेको दलित प्राथमिक विद्यालय सरकारको सहयोगको पखाईमा छ। नेपाल सरकारले लक्षित वर्गलाई सुविधा सम्पन्न बनाउने योजना ल्याए पनि यस विद्यालयको अवस्था त्यस्तो छैन्न। हाल यो विद्यालयमा १ सय ५० जना दलित बालबालिका मात्र अध्ययरत छन् ।

सरकारले समाजमा पछि परेको वर्गलाई सहयोग गर्ने नीति ल्याएपनि लक्षित वर्गसम्म पुगेर काम गर्न सकेको छैन। उनीहरूको अवस्था जस्ताको त्यस्तै छ। यस क्षेत्रका दलतिहरूले विद्यालय जाने ईच्छा देखाएपनि आर्थिक अवस्था कमजोर भएका कारण शिक्षाबाट वञ्चित हुनुपरेको छ। शिक्षा नपाएपछि दलितहरू पुख्र्याैली पेशा अँगाल्न बाध्य छन्।

सरकारले समाजमा पछाडी परेका वर्गको पहिचान गरी क्षमता अभिबृद्धी गराउन सरकारबाट उपलव्ध हुने सेवा सुविधा प्रयाप्त नहुदाँ लक्षित वर्गको अवस्था परिवर्तन हुन सकेको छैन। गाउँगाउँमा विद्यालय सञ्चालन गरी शिक्षित नागरिक निर्माण गर्ने सरकारको लक्ष्य भएपनि निर्माण भएका संरचनाहरू सुधार गर्न सकेको छैन।

नलगाड–१२ बायकाँडाका दलित समुदायलाई शिक्षा दिन २०५० सालमा दलित प्राथमिक विद्यालयको नामबाट विद्यालयको स्थापना भएको हो। विद्यालयको स्थापना हुँदा ६ जना विद्यार्थीबाट शुरु गरेको विद्यालय अहिले १ सय ५० जना दलित बालबालिकाहरूले पढी रहेका छन्।

विद्यालय स्थापनाकालदेखि पढाई राख्नु भएका प्रधानाध्यापक हरिप्रसाद ज्ञवालीले आफू बाहुन भएपनि दलित बस्तीमा बसेर पछाडि परेको वर्गहरूलाई उत्थान गर्नु पर्छ भन्ने उद्देश्यले दलित बालबालिकालाई शिक्षाको मूलप्रवाहमा ल्याउनको लागि आफूले पाउने सेवा सुविधाबाट केहि आर्थिक लगानी गरेर १ सय ५० विद्यार्थीहरू पढाउन पाउँदा खुशी महशुस भएको बताउनुभयो।

विहानबेलुका हात मुख जोड्न धौ–धौ पर्ने भएपनि विद्यालय सञ्चालन गरेपछि सरकारले बालवालिकाहरूलाई शैक्षिक सामाग्री, विद्यायल पोषाकहरूको व्यवस्था गर्नु पर्ने हो तर सरकारले सहयोग गर्न सकेको छैन। अभिभावक जनकबहादुर विकले बताउनुभयो।

‘आफ्नो खेतीबाट तीन महिना भन्दा कम खान पुग्छ, छोराछोरीलाई शिक्षाको उज्यालो ज्योति दिनको लागी अर्काको काम गरेर भएपनि विद्यायल पठाएको छु’, अभिभावक जनक बहादुर विकले भन्नुभयो– ‘शिक्षा विनाको मानिस लँगडो जस्तै हुने भएकोले अर्काको काम गरेर भए पनि बालबालिकालाई विद्यालय पढ्न पठाएका हुँ।’

विद्यार्थीको शिक्षामा सुधार गर्न विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग तथा विश्व शिक्षाको प्राविधिक सहयोगमा प्रारम्भिक कक्षा सञ्चालन गरेको छ। विद्यालयको क्षमता अनुसार विद्यार्थीहरूको अवस्था हेरी पढाई सुधार गर्न विश्व शिक्षा कार्यक्रमले नेपाली विषयका १९ सय ३९ गणित विषयका २४ प्रकारका शैक्षिक सामाग्री उपलब्ध गराएको छ। विश्व खाद्य कार्यक्रमले शैक्षिक सामग्री सहयोग गरेपछि शिक्षण सिकाईमा सुधार, विद्यार्थी, अभिभावकको विद्यालयप्रति चासो बढेको कार्यक्रमका अधिकृत प्रमोद विष्टले बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्