दाङमा प्रहरी नायव निरीक्षक घूससहित पक्राउ



न्युज अफ नेपाल, दाङ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव निरीक्षक घुस सहित पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरमा कार्यरत प्रहरी नायव निरीक्षक (सइ) हेमन्त केसीलाई सातहजार घुस लिदालिदै जिल्ला प्रशासन कार्यालय दाङको गेट नजिकैबाट पक्राउ गरेको अख्तिायर दुरुपयोग अनुसन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगंजका प्रमुख गणेश गैरेले जानकारी दिनुभयो ।

सार्वजनिक अपराध मुद्दा खेपिरहेका आरोपीलाई सामान्य केशमा मुद्दा चलाएर कम धरौटीमा छिटो मुद्दा किनारा लगाई दिने भन्दै प्रनानि केसीले सात हजार रकम घुस लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्