नेपाललाई पौडीमा गौरिकाले दिलाइन् तेस्रो स्वर्ण



न्युज अफ नेपाल, काठमाडौँ ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडिमा गौरीका सिंहले नेपाललाई तेस्रो स्वर्ण दिलाएकि छन ।

आइतबार भएको ४०० मिटर फ्रि स्टाइल अन्तर्गत उनले स्वर्ण जितेकि हुन् । उनले निर्धारित दूरी ४ मिनेट २५.२८ सेकेन्डमा पार गरिन्।

यसअघि उनले दुई स्वर्ण र एक रजत पदक पनि हात पारेकि छन् ।

प्रतिक्रिया दिनुहोस्