विराटनगरमा ग्याँस लिक भई आगलागी हुँदा वृद्धको मृत्यु



न्युज अफ नेपाल,  विराटनगर ।

ग्याँस सिलीण्डरमा भएको आगलागि कारण विराटनगरमा एक ब्यक्तीको मृत्यु भएको छ । विराटनगर २ शनिहाट घर भएका ७५ बर्षिय जयप्रसाद दाहाल ग्याँस सिलीण्डरमा भएको आगलागिका कारण आफ्नै घरमा मृत भेटिएका छन ।

सपरिवार काठमाण्डौ बस्दै आएका उनि शुक्रबार मात्र विराटनगर आएर एक्लै घरमा बसेका थिए । परिवारका सबै सदस्य काठमाण्डौ बस्दै आएका कारण राधेश्याम दराक नामक ब्यक्ती सो घरमा भाडामा बस्दै आएका थिए । घरधनीले घर बेच्ने जानकारी गराएपछि शुक्रबार मात्र दराक परिवार घर सरेर गएका थिए । सो घरमा रहेको टेलिफोन लाईन सार्ने प्रयोजनले आज बिहान राधेश्याम दराक त्यहाँ पुग्दा दाहाल मृत भेटिएका थिए ।

आँगनमा पुगेर पटकपटक घरधनिलाई बोलाउदापनि ढोका नखोलेपछि आफुले छरछिमेक बोलाई कोठामा प्रवेश गर्दा दाहाल आगलागिबाट जलेर मृत भेटिएको दराकले बताउनुभयो । घटनाको बिषयमा जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक विकास राईको नेतृत्वमा पुगेको प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाएको छ । कोठामा भेटिएको कोशी ग्याँसको पाईप जलेको र रेगुलेटरको क्याप निस्किएको अवस्थामा भेटिएको छ भने मृतकको शरिरका अधिकांश भाग जलेर कोठाको भुईमा लडेको अवस्थामा भेटिएको प्रहरी निरीक्षक राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्