अन्दोलनले कोहलपुर तनावग्रस्तः स्थानीय प्रशासनद्वारा कफ्र्यू आदेश



न्युज अफ नेपाल, कोहलपुर ।

बाँकेको कोहलपुर तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले कफ्र्यू लगाएको छ । कोहलपुरबाट पूर्वतर्फ रैनी खोला, उत्तरमा चिसापानी, पश्चिममा किरननाला र दक्षिणमा हबल्दारपुरसम्म कफ्र्यू लगाइएको हो ।

सो क्षेत्रमा प्रदर्शन गर्न प्रशासनले प्रतिबन्ध लगाएपनि विद्यार्थीहरुले प्रदर्शन जारी राखेका छन् । प्रहरी र विद्यार्थीबीच झडप हुँदा कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाही सहित ९ प्रहरी र केही विद्यार्थी घाइते भएका छन् ।

घाइतेहरुको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आइतवार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपुर–१० की प्रकृति चन्दको मृत्यु भएको थियो ।

स्कुले बालिकाको मृत्यु भएपछि विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी गरेका छन् । स्थिति तनावग्रस्त भएपछि प्रहरीले बल प्रयोग गरेको छ । केही राउण्ड हवाई फायर पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्