युवती जलाइए



इस्लामावाद, (एजेन्सी)।

आफन्त विरुद्ध बलात्कार गर्ने विरुद्ध अदालतमा बयान दिन जाने क्रममा बाटैमा जिउँदै जलाइएकी एकजना पीडित भारतीय महिलाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

शरीरको नब्बे प्रतिशत भाग जलेका २३ वर्षीया ती युवतीको शुक्रबार राति दिल्ली अस्पतालमा हृदयाघातबाट निधन भएको हो। गत मार्चमा उत्तरी राज्य उत्तर प्रदेशको उन्नाओमा नाम नखुलाइएकी उनकी बहिनीको दुईजना पुरुषले बलात्कार गरेका थिए। उनलाई बिहीबार बीच बाटोमा जलाइएको हो। यस सिलसिलामा बलात्कारीलगायत पाँच जनालाई गिरफ्तार गरिएको छ।

प्रतिक्रिया दिनुहोस्