सैनिक कारबाही



ओआगादोउगोउ,(एजेन्सी)।

बुर्किना फासोको सेनाले शुक्रबार उत्तरी भेगमा गरेको विशेष सुरक्षा कारबाहीमा कम्तीमा २८ जना आतंककारी मारिएको सुरक्षा सूत्रले जनाएको छ।सो श्रोतले हवाइ आक्रमणमा तिनीहरू मारिएको पुष्टि गरेको छ।

उत्तरी यातेन्गा प्रान्तको तिवबाल, किन र येन्से लगायतका क्षेत्रलाई लक्षित गरी हवाई हमला गरिएको सुरक्षा अधिकारीहरूले बताएका छन्। यस कारबाहीमा आतंककारीहरूका आश्रयस्थल तथा बन्दोबस्तीका सामग्रीहरूसमेत नष्ट गरिएको स्थानीय सञ्चार माध्यमले जनाएको छ। बुर्किना फासोमा सन् २०१५ देखि आतंकवादीहरूको गतिविधि चल्दै आइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्