वैज्ञानिक मुक्त



तेहरान, (एजेन्सी)।

अमेरिकाले बन्दी बनाइएका एकजना इरानी बैभानिकलाई रिहा गरेपछि शनिवार इरानले जासुसी गरेको अभियोग लगाइएका एकजना चिनियाँ– अमेरिकी अनुसन्धानकर्तालाई हिरासतमुक्त गरिन लागेको जनाएको छ।

विदेशी सरकारी निकायहरूसँग मिलोमतो रहेको अभियोगमा इरान सरकारले सन् २०१६ मा सीयू बाँगलाई गिरफ्तार गरेको थियो। त्यसैगरी इरानी स्टेम सेल विशेषज्ञ मास्सादे सोलेमानीलाई गत वर्ष अमेरिकाको शिकागो विमानस्थलमा गिरफ्तार गरिएको थियो। उनीमाथि इराननतर्फ जैविक पदार्थ निर्यात गर्न लागेको आरोप लगाइएको थियो। तर दुवैले आफूमाथि लगाइएका आरोप अस्वीकार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्