समवेदना प्रकट



रियाद, (एजेन्सी)।

साउदी अरेबियाका नरेश सलमानले अमेरिकी नौसैनिक अखडामा एकजना बन्दुकधारी साउदी विद्यार्थीले गरेको आक्रमणलाई शनिवार ‘आततायी’ संज्ञा दिँदै आलोचना गरेका छन्। यसअघि ट्विटरमार्फत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यस घटनालाई यसरी नै भत्सर्ना गरेका थिए।

ट्रम्पले नरेश सलमानले आफूलाई टेलिफोन गरी यस घटनाप्रति गहिरो समवेदना व्यक्त गरेको बताएका छन्। अमेरिकाको फ्लोरिडाको पेन्साकोलास्थित सैनिक अखडामा उडयन शास्त्रका ती विद्यार्थीले आक्रमण गर्दा तीनजना व्यक्तिको ज्यान जानुका साथै अन्य आठ जना घाइते भएका थिए।

प्रतिक्रिया दिनुहोस्