नेपाल समाचारपत्र एफक्यानद्वारा पुरस्कृत



नेपाल समाचारपत्र, काठमाडौं।

१२औं राष्ट्रिय निर्माण दिवस–२०७६ को अवसरमा नेपाल निर्माण व्यवसायी महासंघले नेपाल समाचापत्रलाई पुरस्कृत गरेको छ। राजधानीमा आयोजित एक समारोहमा नेपाल समाचारपत्रलाई पुरस्कृत गरिएको हो।

नेपाली निर्माण उद्योगको विकासमा विभिन्न क्षेत्रबाट विशेष योगदान पुर्याउने व्यक्ति, संघसंस्था तथा फर्म÷कम्पनीहरूलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको महासंघका अध्यक्ष रवि सिंहले बताउनुभयो।

महासंघले दैनिक पत्रिकहरू मध्येबाट नेपाल समाचारपत्रलाई पुरस्कृत गरेको हो। टेलिभिजनतर्फ जनता टेलिभिजन, रेडियोतर्फ रेडियो थाहा र अनलाइनमा क्यापिटल नेपाल डटकम, पत्रकार नवराज चालिसेलाई पुरस्कृत गरेको हो।

त्यस्तै ‘क’ वर्गका निर्माण व्यवसायीतर्फ गोल्ड अवार्डको उपाधि कालिका कन्स्ट्रक्सनले पाएको छ भने सिल्भर अवार्ड जय धनञ्जय निर्माण सेवा र ब्रोन्ज अवार्ड तुँदी कन्स्ट्रक्सनले पाएको छ।

त्यस्तै ‘ख’ वर्गका निर्माण व्यवसायीतर्फको गोल्ड अवार्ड जय विष्णु निर्माण सेवा प्रालि, सिल्भर अवार्ड केएम इन्जिनियर्स एन्ड बिल्र्डस प्रालि र नयाँबाटो निर्माण प्रालिले ‘ग’ वर्गतर्फको गोल्ड अवार्ड पाएको छ। सिल्भर र ब्रोन्ज अवार्ड भने क्रमशः शाह निर्माण सेवा र पुष्प निर्माण सेवाले जितेका छन्।

‘घ’ वर्गका निर्माण व्यवसायीतर्फ प्रदेश ७ मा श्रीपुर बिल्र्डस् प्रालि उत्कृष्ट भएको छ। प्रदेश ३ मा आईएस निर्माण सेवा उत्कृष्ट हुँदा प्रदेश १ मा आर्शीवाद निर्माण सेवा पुरस्कृत भएको छ।

भूगोलअन्तर्गत हिमालतर्फ गोरखा निर्माण व्यवसायी संघ, पहाडमा काभ्रे व्यवसायी संघ र तराईतर्फ लुम्बिनी निर्माण संघले अवार्ड हात पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्