मेलमिलाप समाज कास्कीको अध्यक्षमा पण्डित



पोखरा, (नेस)।
मतदाता नामावली विवादले गत कात्तिक ३० गते स्थगित मेलमिलाप समाज कास्कीको शनिबार सम्पन्न चौंथो अधिवेशनमा अधिवक्ता हरिप्रसाद पण्डित भारी मतान्तरसहित विजय हुनुभएको छ। कूल ३७ मतदाताले भाग लिएको अधिवेशनमा २७ मत प्राप्त गरी अधिवक्ता पण्डित अध्यक्षमा चुनिनुभएको हो।
पण्डितका प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष अधिवक्ता सोमबहादुर श्रेष्ठले ६ मत मात्र पाउनु भएको छ। उपाध्यक्षमा २३ मत प्राप्त गरी हर्कबहादुर रेग्मी विजय हुनुभएको छ। रेग्मीका निकटम प्रतिद्वन्द्वी कर्णबहादुर थापाले १० मत पाउनुभयो।
सचिव पदमा निवर्ततन सचिव रामप्रसाद आचार्य सहसचिवमा सुनिता भण्डारी र कोषाध्यक्ष सीतादेवी सुवेदी निर्विरोध निर्वाचित हुनुभएको छ। त्यसै गरी सदस्यमा प्रतिभा अधिकारी, गणेशबहादुर ढकाल, टौबहादुर गुरुङ, सिर्जना सापकोटा, इन्द्रदत्त बराल, प्रभाश पराजुली, राजेन्द्र सेन ठकुरी र हुमादेवी आचार्य निर्वाचित हुनुभएको छ।

प्रतिक्रिया दिनुहोस्