अटो दुर्घटना हुँदा पाँचको मृत्यु



चितवन, (नेस)।
चितवनमा अटो रिक्सा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन्। शनिबार साँझ ६ः१५ बजे राप्ती नगरपालिका–५ स्थित चेपाङ मार्गको भित्री सडक डुम्रेखाडी पुल नजिकै अटो दुर्घटनामा परेको हो।
चेपाङ मार्गबाट चौकिडाँडातर्फ जाँदै गरेको ना१ह ६४०९ नम्वरको अटो आफैं अनियन्त्रित भई पल्टेको इलाका प्रहरी कार्यालय भण्डाराले जानकारी दिएको छ। दुर्घटनामा गम्भीर घाइते पाँच जनाको भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो।
मृतकमध्ये पर्वत कुश्मा नगरपालिका पिपलटारीका ३५ वर्षीय श्यामप्रसाद तिवारीको मात्र पहिचान भएको उहाँले बताउनुभयो। गम्भीर घाइते एक जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्