चितवनमा अटो दुर्घटना हुँदा पाँचको मृत्यु, एक गम्भीर घाइते



न्युज अफ नेपाल, चितवन ।

चितवनमा अटो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

चितवनको राप्ती नगरपालिका ४ मा शनिबार साँझ चेपाङमार्ग भएर चौकी डाँडातर्फ आउँदै गरेको ना १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भई पल्टिँदा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा परी मृत्यु हुनेमा पर्बतको कुस्मा नगरपालिका पिपलटारी बस्ने श्यामप्रसाद तिवारी रहेका छन् भने अन्य चार जनाको सनाखत हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्