विप्लव निकटको विद्यार्थी संगठनका जिल्ला अध्यक्ष पक्राउ



किरन धामी, दार्चुला ।

नेपालमा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकटको विद्यार्थी संगठन दार्चुलाका जिल्ला अध्यक्ष जिवन बहादुर विष्ट पक्राउ परेका छन् ।

लेकम गाउँपालिका वडा नम्बर १ सर्मोली घर भएका २० वर्षिय विष्टलाई शैल्यशिखर नगरपालिका वडा नम्बर १ बलाचबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एवं सुचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।

प्रहरी चौकी बलाचबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरीको सयुक्त टोलीले अध्यक्ष विष्टलाई संकास्पद अवस्थामा हिडिरहेको बेला शुक्रबार राती ९ बजे पक्राउ गरेको उहाले बताउनुभयो ।

अध्यक्ष विष्ट संगै बैतडी जिल्लाका विद्यार्थी संगठनका सचिव प्रेम महरालाई समेत पक्राउ गरिएको उहाले बताउनुभयो । जिल्ला अध्यक्ष विष्ट संगै हिडिरहेका बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर १० महरागाउँका २१ वर्षिय महरालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दार्चुला ल्याइएको उहाले जानकारी दिनुभयो ।

पक्राउ परेका जिल्ला अध्यक्ष र सचिवको साथबाट प्रहरीले विप्लव समुहका गतिविधि लेखेका डायरी बरामद गरेको जनाएको छ । अध्यक्ष विष्ट र सचिव महरालाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भैइरहेको प्रहरी निरिक्षक एवं सुचना अधिकारी जोशीले जानकारी दिनुभयो ।

अनुसन्धान सकिएपछि उनिहरु विरुद्ध मुद्धा चलाइने उहाको भनाई छ । प्रहरीले यसअघि मंसिर १० गते जिल्ला सदरमुकाम खलंगाबाट विप्लव नेतृत्वको नेकपा निकटको विद्यार्थी संगठनका ६ जनालाई पक्राउ गरी मुद्धा चलाइ सकेको छ ।

प्रतिक्रिया दिनुहोस्