महिला क्रिकेट : नेपाललाई कास्य पदक



न्युज अफ नेपाल, पोखरा ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा नेपाली टोलीले माल्दिभ्सलाई पराजित गरेको छ । पोखरामा शनिबार भएको खेलमा माल्दिभ्सलाई १० विकेटले हराउँदै नेपालले कास्य पदक हात पारेको होे ।

नेपालका लागि अन्जली चन्दले ४ विकेट, सीता राना मगर र रुविना क्षत्रीले समान २र२ विकेट लिए । त्यस्तै सुमन खतिवडा र करुना भण्डारीले समान १र१ रन बनाएका थिए ।

माल्दिभ्सका लागि एइमा एइसाथले १ रन मात्रै जोड्न सकिन्। बांकी ७ रन माल्दिभ्सले एक्स्ट्राबाट ल्याएको थियो। काजल श्रेष्ठले २ रन तथा रोमा थापाले ५ रन बनाइन।

प्रतिक्रिया दिनुहोस्