नेपाललाई पौडीमा गौरिकाले दिलाइन् दोस्रो स्वर्ण



न्युज अफ नेपाल, काठमाडौँ ।  

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शुक्रबार भएको महिला २ सय ब्याक स्ट्रोक पौडीमा गौरिका सिंहले स्वर्ण पदक हाँसिल गरेकी छन् । निर्धारित दूरी २ मिनेट १७.१३ सेकेन्डमा पार गर्दै गौरिकाले नेपाललाई अर्को स्वर्ण दिलाउन सफल भएकी छन् ।

बिहीबारसम्पन्न महिला २ सय मिटर फ्री स्टाइल पौडीमा स्वर्ण पदक हात पारेकी गौरीकाले शुक्रकार पनि स्वर्ण हात पार्न सफल भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्