चारधाम निर्माणका लागि महायज्ञ (फोटोफिचर)



न्युज अफ नेपाल, धादिङ ।

धादिङको सिद्धलेक गाउँपालिका कुम्पुर स्थित परेवाटार त्रिशुली नदी, मलेखु र थोपलखोलाको संगममा चार धाम निर्माणको महत्वकाँक्षी योजना सहित श्रीमद भागवत महायज्ञ पुराण सुरुभएको छ । हिन्दु धार्मिक दृष्टिकोणले परेवाटारमा विश्वकै पहिलो भागवत धाम सहित चार धाम निर्माणको महत्वकाँक्षी योजना सहित बिहिबारबाट श्रीमद भागवत महायज्ञ पुराण सुरु भएको हो ।

“दान गरौँ, मनले गरौँ स्वच्छाएले गरौँ, यसपालि दान अबश्य गरौँ”, “सकै सात दिन जाऔँ, नसके एक दिन अवश्य जानै पर्ने ठाउँ” भन्ने मुल मन्त्रको साथ सुरु भएको महायज्ञ संघीय सांसद भुमि त्रिपाठीले उद्घाटन गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद त्रिपाठीले चार धाम निर्माणकार्य सरुभए सँगै वजेट अभाव हुन नदिने बताएका थिए । पालिकाहरु सँग नितिगत रुपमा सहमति गरि काम अगाडि बढाउन आग्रह गर्दै सांसद त्रिपाठीले पैसाले काम रोकिन नदिने प्रतिवद्धता जनाए ।

प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेले सरकारले गर्नु पर्ने काम विश्व भागवत धाम कोष नेपालले गर्न लागेकोमा खुसी व्यक्त गरेका थिए । विश्वको नजपुग्ने गरि बन्न लागेको अत्याधुनिक प्रविधियुक्त यस धाम निमार्णका लागि सहयोग रहने समेत उनले प्रतिवद्धता जनाएका थिए ।

महायज्ञको अवसरमा त्रिशुली नदीको किनारामा ईतिहासमै पहिलो पटक २१ करोड दिप प्रज्वलन गरेर भागवत धाम निर्माण गर्न लागीएको बाल तपस्वि पण्डित श्री उततम भट्ट भनाई छ ।

प्रत्येक दिन बिहान ७ बजे देखि नित्य पुजा अर्चना, बिहान ८ः१५ बजे चरु हवन, बिहान ८ः३० बजे देखि ११ बजे सम्म श्रीमद्भागवत पाठपरायण, कथा बाचन बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म, बेलुकी ७ बजेदेखि १० बजेसम्म महात्म्य कथा सहित भजन किर्तन र झँकीको प्रदर्शनी लगायतका कार्यक्रमहरु हुने भएका छन् ।

महयज्ञबाट भेटीस्वरुप आएको रकमबाट चारधाम, भागवतधाम निर्माण सुरु गरिने छ भने यसलाई धार्मिक पर्यटनको विकास गरिने छ ।

प्रतिक्रिया दिनुहोस्