भारोत्तोलनमा नेपाललाई स्वर्ण



न्युज अपफ नेपाल, काठमाडौँ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलन प्रतिस्पर्धामा नेपालका बिकास थापाले स्वर्ण पदक हाँसिल गरेका छन् । बिकास थापाले ८९ केजी तौल समूहमा स्न्याचतर्फ १ सय २० केजी उचाल्दा, जर्कतर्फ १ सय ५० केजी भार उचाल्दै स्वर्ण जितेका हुन्।

थापाको जितसँगै नेपालको स्वर्ण संख्या ४० पुगेको छ। नेपालले यसपटक ५० स्वर्ण जित्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया दिनुहोस्