पुरुष क्रिकेट : नेपालद्वारा माल्दिभ्स ८४ रनले पराजित



न्युज अफ नेपाल, काठमाडौँ ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको छ ।

नेपालले दिएको १६४ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्स निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७९ रनमा समेटियो । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६३ रन बनाएको थियो ।

नेपालको तर्फबाट सुशन भारी र ललितनारायण राजवंशीले २र२ विकेट लिए । माल्दिभ्सको तर्फबाट मोहम्मद अजिमले १६ रन बनाए ।

नेपालको तर्फबाट आठौं नम्बरमा आएक करण केसीले विस्फोटक ब्याटिङ गर्दै नेपालको स्कोर बढाएका थिए । उनले अन्तिम ओभरमा २ छक्का र ४ चौका प्रहार गरेका थिए । माल्दिभ्सले अन्तिम ओभरमा २४ रान दिएको थियो । यस्तै दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ३९ रन बनाए ।

माल्दिभ्सको तर्फबाट लिम साफिगले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए भने अमिल मोरुफले २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्