नेपालद्वारा माल्दिभ्सलाई १६४ रनको चुनौती



न्युज अफ नेपाल, काठमाडौँ ।

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटतर्फ माल्दिभ्सविरुद्ध नेपालले १६३ रन बनाएको छ । सातौं नम्बरमा ब्याटिङ गर्न आएका करण केसीले १६ बलमै ४० रन प्रहार गरे । केसीले चार छक्का र दुई चौकाको मद्दतमा ४० रन बनाएका छन् ।

टस जितेर ब्याटिङ गरेको नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरी ३९, कप्तान ज्ञानेन्द्र मल्ल १९, विकेट किपर विनोद भण्डारी १९ र पूर्व कप्तान पारस खड्काले ११ रन जोडे । यस्तै आरिफ सेखले १७ रन बनाए भने पवन सर्राफले खाता खोल्न सकेनन् ।

सुशन भारी एक रनमा अविजित रहे ।

प्रतिक्रिया दिनुहोस्