महिला क्रिकेटमा श्रीलंकासँग नेपाल पराजित



न्युज अफ नेपाल, काठमाडौं ।

१३ औँ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला क्रिकेटमा श्रीलंकासँग नेपाल पराजित भएको छ ।

श्रीलंकाले सुरुवाती ब्याटिङ गर्दै नेपाललाई २० ‌ओभरमा ७ विकेट गुमाउँदै १ सय १९ रनको चुनौती दिएको थियो । श्रीलंकाका लागि लिहिनी अप्सराले सर्वाधिक ३७ रनकको योगदान दिएकी थिइन् । त्यस्तै आज अन्हलीले ३५ रन बनाउँदा पट्टिडुरा सान्दिपनीले २२ रनको योगदान दिइन् । श्रीलंकाको विकेट लिन सरस्वती कुमारी र सोनु खड्काले समान २/२ विकेट लिए। त्यस्तै अन्जली चन्दले १ विकेट लिइन्।

जवाफी ब्याटिङमा उत्रेको नेपाली टोलीले २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ७७ रन बनायो ।

नेपालका लागि कप्तान रुविना क्षत्रीले सर्वाधिक १९ रन बनाइन्। त्यस्तै कविता कुँवरले अभिजित १३ रन, करुणा भन्डारीले अभिजित १२ रन तथा अप्सरी बेगमले ११ रन बनाइन्।

दोस्रो हारसँगै नेपाल स्वर्णको होडबाट बाहिरिएको छ। नेपालले रजतका लागि फेरि माल्दिभ्ससँग खेल्नेछ। स्वर्णका लागि श्रीलंका र बंगलादेश भिड्ने छन्।

प्रतिक्रिया दिनुहोस्