गौरीशंकर माविका ७ सय विद्यार्थीलई न्यानो कपडा



रामचन्द्र वि.क., रामेछाप ।

जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ मा रहेको गौरीशंकर माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई जाडोको समयमा लगाउने न्यानो कपडा वितरण गरिएको छ ।

नेपाली काग्रेसका नेता एवं समाजसेवी भरत प्रसाद चौलागाईले विहिबार शिशु कक्षा देखि १२ कक्षा सम्मका ७ सय जना विद्यार्थीलाई वितरण गर्ने गरी विद्यालयलाई एक मुष्ट न्यानो कपडा (ट्रयाकसुट) दिनुभएको हो । त्यसैगरी नेता चौलागाईले प्रविधियुक्त शिक्षालाई सहयोग पुग्ने गरी १० थान कम्प्युटर पनि विद्यालयलाई हस्तन्तरण गर्नुभएको छ ।

जाडोको समयमा विद्यार्थीलाई न्यानो कपडा वितरण कार्यक्रममा बोल्दै चौलागाईले विद्यालयमा कम आर्थिक अवस्था भएर विद्यार्थी पोशक किन्न नसक्ने विद्यार्थीलाई आफूले दिएको पोशकले सहयोग पुगेको बताउनुभयो ।

त्यस्तै अहिले विद्यार्थीलाई प्रविधियुक्त शिक्षा दिन विद्यालयमा कम्प्युटर अनिवार्य हुनुपर्ने हुँदा प्रविधियुक्त र गुणस्तरिय शिक्षाको लागि कम्प्युटरले थप सहयोग पुग्ने पनि उहाँले विश्वास व्यक्त गर्नुभयो ।

चौलागाईले विद्यालयलाई दिनुभएको कम्प्युटरले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ल्याब शिक्षा प्रदान गर्न सहयोग पुगेको विद्यालयका प्रधानाध्यपक निर बहादुर कार्कीले बताउनुभयो ।

त्यस्तै जाडोको समयमा विद्यार्थीलाई दिएको न्यानो कपडाले विद्यार्थीहरुलाई नियमित विद्यालयमा आउनमा ठूलो सहयोग पुगेको समेत प्रअ कार्कीको भनाई रहेको छ ।

विद्यार्थीलाई न्यानो कपडा र विद्यालयलाई कम्प्युटर वितरण गर्ने अभियाननै चलाउनुभएका चौलागाईले हाल सम्म जिल्लाका ६४ वटा भन्दा बढी विद्यालयका विद्यार्थीलाई विद्यालय पोशक र विद्यालयलाई कम्प्युटर वितरण गरीसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्