भोलि काठमाडौंका यी रुटमा सावारी चलाउन नपाइने



न्युज अफ नेपाल, काठमाडौं ।

शनिबार अत्यावश्यक बाहेक अन्य सवारीसाधन नचलाउन महानगरीय ट्राफिक प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ। १३औँ सागमा म्याराथन शनिबार बिहान सात बजेदेखि सुरु हुँदै छ। दशरथ रंगशालाबाट सुरु हुने उक्त खेल टेकु, कालिमाटी, बल्खु, एकान्तकुना, कोटेश्वर, भक्तपुरको सूर्यविनायकसम्म पुग्‍ने ट्राफिक महाशाखाले जनाएको छ।

यस्तै उक्त रुट हुँदै कोटेश्वर, बानेश्वर, माइतीघर, भद्रकाली,वीर अस्पताल, जमल, लैनचौर, दरबारको उत्तरी ढोका,नागपोखरी, जय नेपाल, संग्रालयको दक्षिणी गेट, घण्टाघर भद्रकाली हुँदै रंगशालासम्म म्याराथन दौड हुने महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्