बेलायतमा नेटोको बैठक



लन्डन, (एजेनसी)

उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का सदस्य राष्ट्रहरूबीच यस गठबन्धनको सत्तरीयौं सैनिक दिवसलाई ओझेल पार्ने विषयमा आपसी चेतावनीको तनाव बढिरहेको बेला बेलायतको राजधानी लन्डननजिक नेटोका नेताहरुबीच महत्वपूर्ण बैठक शुरु भएको छ।

तीन घण्टा लामो सो बैठकको छलफल साइबर आक्रमणलगायत चीनबाट बढिरहेको सामरिक चुनौतीमाथि केन्द्रित हुनसक्ने अनुमान गरिएको छ। बैठकको उद्घाटनको क्रममा बेलायतका प्रधानमन्त्री बोरिस जोहन्सनले नेटोका सदस्यहरूलाई गठबन्धनको ‘एकका लागि सबै र सबैका लागि एक ’ भन्ने ेसिद्धान्तको स्मरण गराएका छन्।

मंगलबार थुप्रै विषयमाथि अमेरिकी र फ्रेन्च अधिकारीबीच गरमा गरम बहश भएको थियो। तर बीबीसीका रक्षासम्बन्धी पत्रकार जोनाथन बिलले एकता प्रतिविम्बित गर्ने उद्देश्यले आयोजित यस वार्षिक बैठकमा अझै सदस्य राष्ट्रहरूबीचको मतभेद लुक्न नसकेको प्रतिक्रिया दिएका छन्।

हालै उत्तरी सिरियामा टर्कीबाट भएको सैनिक कारबाहीलाई लिएर २८ सदस्यीय यस गठबन्धनमा मतभेद कायमै रहको बताइएको छ। फ्रान्सका राष्ट्रपति इमान्युयल म्याक्रोँले हालै मात्र नेटोको ‘मस्तिष्क मृत ’ भएको प्रतिक्रिया दिएका थिए।

प्रतिक्रिया दिनुहोस्