भगौडा महिला बलात्कार गर्ने सेना अधिकारी



सोल, (एजेन्सी)
दुईजना दक्षिण कोरियाली गुप्तचर अधिकारीलाई एकजना भगौडा उत्तर कोरियाली महिलामाथि बलात्कार गरेको अभियोग लगाइएको छ। तीमध्ये एकजना अधिकारीले नाम नखुलाइएका ती महिलामाथि दर्जनौंपटक आक्रमण गरेको बताइएको छ। ती दुईजना अधिकारीको हिरातमा रहेकी पीडित महिलाको दुईपटक गर्भपतन नै गराइएको उनका वकिलहरूले बताएका छन्।

दक्षिण कोरियाली सरकारी अधिकारीहरले लेफटिनेन्ट कर्णेल र अर्का मास्टर सार्जेन्टलाई निलमिवत गरी घटनाको अनुसन्धान थालिएको पत्रकारहरूलाई जानकारी दिएका छन्। मानव अधिकारवादी समूहहरूले दक्षिण कोरियाली महिलाहरूको तुलनामा यसरी उत्तर कोरियाबाट भागेर आउने महिलाहरू बढी मात्रामा यौन हिंसाको शिकार हुने गरेको दावी गरेका छन्। कमजोर आर्थिक परिस्थितिका कारण तिनीहरू आफूमाथि भएका अन्यायबारे बाल्न हिच्किचाउने गरेको बताइएको छ। रक्षा मन्त्रालयको गुप्तचर निकायले उत्तर कोरियाली भगौडाहरू र संकलित गोप्य सूचना मिथ अनुसन्धान गरिरहेको छ।

ल फर्म गुड लयर्सले यसै वर्षको शुरुमा ती दुई सुरक्षा अधिकारीलाई ती महिलालाई हिरासतमा राखने जिम्मेवारी दिइएको र पहिलोपटक उनलाई रक्सी ख्वाएर बेहोशीको हालतमा बलात्कार गरिएको बीबीसी कोरियनलाई जानकारी दिएको छ। कर्णेललाई एकपटक र साजेन्टलाई दर्जनौं पटक बलात्कार गरेको अरोप लगाइएको छ।

रक्षा मन्त्रालयले भने पहिल्यै आफ्ना अनुसन्धानकर्ताहरूले यस विषयलाई हेरिसकेको र यस मुद्दालाई शसस्त्र फौजका वकिलहरूको जिम्मा लगाइएको जनाएको छ। दक्षिण कोरियामा भागेर शरण लिन आइपुगेका ३३ हजार उत्तर कोरियाली मध्ये ७२ प्रतिशतभन्दा बढी महिला रहेका छन्। यसैबीच मानव अधिकार समूह कोरिया फ्युचर इनिसियटिभले हजारौ उत्तर कोरियाली महिला तथा बालिकाहरूलाई चीनमा देह व्यापार गर्न बाध्य बनाइएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्