मतदाताविरुद्धको आक्रोश दलीय गल्ती



बालकृष्ण मैनाली ,
देशमा भर्खरै केही स्थानहरूमा रिक्त रहेको विभिन्न राजनीतिक पदहरूमा उपनिर्वाचनका माध्यमद्वारा पूर्णता प्रदान गर्ने कार्य सम्पन्न भयो। शान्तिपूर्ण निर्वाचन सम्पन्न बनाउनको लागि उपनिर्वाचन हुन पुगेका स्थानहरूका आममतदातालगायत उम्मेदवार र निर्वाचनमा खटिएका सम्पूर्ण कर्मचारी सँगसँगै सरोकारवालाहरू र नेपाल सरकार धन्यवादको पात्र बनेका छन्।

उपनिर्वाचन सम्पन्न भएका विभिन्न स्थानमध्ये निर्वाचन हुनुपूर्वदेखि निर्वाचनको नतिजा प्राप्त भइसक्दा पनि कास्की क्षेत्र नम्बर दुईमा सम्पन्न भएको निर्वाचन र त्यसको नतिजाबारेको चर्चा–परिचर्चा अभैm सेलाएको छैन। उक्त क्षेत्रको निर्वाचनलाई वर्तमान सत्तामा आसीन सरकारको लोकप्रियता वा अलोकप्रियता के हो भनेर कसीको रुपमा जाँचिने भएकोले उक्त क्षेत्रलगायत अन्य क्षेत्रको अर्थात् प्रतिनिधिसभा सदस्यदेखि वडा सदस्यसम्मको निर्वाचनलाई मिनी जनमत संग्रह हो भन्ने अर्थमा पनि अथ्र्याइएको थियो।

वर्तमान सत्ताका शासकहरु र प्रमुख प्रतिपक्षका विगतदेखिका काम–कारबाहीबाट जनता पक्कै वाक्कदिक्क भएका छन् । त्यसको विरुद्धमा खरो उत्रिन सक्ने नेतृत्व जनताले खोजिरहेकोमा विमति छँदै छैन । विश्वासिलो नेतृत्व खरोरुपमा उत्रेर सोही अनुरुप जनजनको मन छुने कार्यक्रम पस्किन सक्यो भने आगामी अढाइ–तीन वर्षपछि उदाउने भनेको त्यही नेतृत्व नै हो भन्ने कुरामा द्विविधा छैन ।

सम्पन्न उपनिर्वाचनमा राजनीतिक दाउपेचलगायत दृश्य, अदृश्य हेराफेरीमा माहिर कहलाइएका पुराना राजनीतिक दलहरू र गलत राजनीतिक हतकण्डाविरुद्ध सघर्ष गर्न सकिन्छ भन्दै करिब दुई अढाइ वर्षअगाडि मात्र राजनीतिमा प्रवेश गरेका दलहरूको समेत सहभागिता रहेको थियो।

निर्वाचनको परिणामले अन्ततः वर्तमान सत्ताधारी दलका उम्मेदवार र प्रतिपक्ष कहलिएका उम्मेदवारहरूले नै अधिकांशरुपमा भर्खरै सम्पन्न उपनिर्वाचनमा बाजी मार्न पुगेका छन्। यस उपनिर्वाचनको परिणामको अर्थचाहिँ राजनीतिक व्यवसायीहरूले आ–आफ्ना दललाई हित हुने किसिमले अथ्र्याएका छन् भने जनजनले आफ्नै किसिमले अथ्र्याएका छन्।

जनजनको अथ्र्याइचाहिँ एकातिर ‘दुई तिहाइ वा बहुमत देऊ, पाँच वर्षभित्र देशको रुपान्तरण गर्छौं’ भन्ने बाचा लिएका कम्युनिस्टहरूलाई बाँकी अढाइदेखि तीन वर्ष अभैm सुधारिएर शासन गर भन्ने सन्देश प्रवाह भएको छ। त्यस्तै अर्कोतिर कांग्रेसहरूलाई अझ सशक्तरुपमा प्रतिपक्षको भूमिका निभाउने विषयमा नै जनादेश प्राप्त हुन पुगेको छ र साना दलहरूलाई चाहिँ सत्तामा जाने हो भने सत्तामा नभएका बेलामा पनि जनताका मन छुने कार्यक्रमहरूमार्पmत सम्बोधन गरेमा मात्र अढाइ वर्षपछि हुने स्थानीय निर्वाचन र तीन वर्षपछि हुने प्रदेशसभा अनि प्रतिनिधिसभाको निर्वाचनमा विचार गरिने सन्देश प्रवाह भएको छ।

निर्वाचनको परिणामपश्चात् साना दलमध्येका साझा दल जो भर्खर स्थानीय तहमा चिनिन थालेको अढाइ वर्षमात्र पार गरेको छ, तिनका संयोजकले कास्कीको दुई नम्बर क्षेत्रमा भएको उपनिर्वाचनमा आपूmले परिकल्पना गरेको सम्मानजनक मत प्राप्त गर्न नसकेकोमा सम्बन्धित क्षेत्रका मतदाताहरूप्रति सामान्य आक्रोश व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्पmत देशमा भैरहेको बेथिति, भ्रष्टाचारलाई जनअनुमोदन प्राप्त भयो भनी आफ्नो आक्रोश सार्वजनिक गरेका छन्। उक्त आक्रोशलाई धेरै जनले उचित मानेका छैनन्। मतदाताहरू कहिल्यै पनि बेथिति र भ्रष्टाचारलाई अनुमोदन गर्दै गर्दैनन् भन्ने मान्यतालाई साझा दलले हृदयंगम गर्न नसकेको निष्कर्षमा थुप्रै जनको ठम्याइ छ।

निःसन्देह एउटा सत्य कुरो के हो भने, देशलाई सार्थक सम्बोधन गर्छु भनेर विभिन्न बहानाबाजीमार्पmत थरी–थरीका राजनीतिक व्यवसायीहरूका हस्तीहरूले पटक–पटक सत्तामा हालिमुहाली चलाए र चलाइरहेका छन्। कहिले कोही सत्ताधारी त कोही प्रमुख प्रतिपक्षी हुँदै कहिले आलोपालो त कहिले संयुक्त सरकारको बहानामा देशको साधन–स्रोतमा हैकम जमाउँदै रहे र वर्तमान अवस्थामा पनि दुई पृथक धारका मान्यतामा अगाडि बढिरहेका राजनीतिक व्यवसायीहरू एकै थलोमा जम्मा भएर राज्यको स्रोतलाई आफ्नो अनुकूलतामा प्रयोग गरिरहेका छन्।

प्रमुख प्रतिपक्षी सत्ताधारीहरूको दुर्गुण केलाउँदै वर्तमान सत्तासीनहरूलाई सरकारबाट कसरी विस्थापित गराउन सकिन्छ र आपूm सत्तामा पुग्न सकिन्छ भन्ने तिकडमबाजीको प्रयोग गर्दै आइरहेका छन्। जनताले पाँच वर्षको लागि दिएको अवधिमध्ये स्थानीय तहमा अढाइ वर्ष र केन्द्रलगायत प्रदेशमा दुई वर्ष पुगिसक्दा पनि सुशासनको दरिलो संकेत दिन नसकेको कुरामा विमति पटक्कै छैन। त्यसो भएको थाहा पाउँदापाउँदै पनि किन फेरि जनताले तिनैलाई मत दिएर विजयी गराउँछन् भन्ने संसय उठ्नु स्वाभाविक मानिए तापनि बेथिति र भ्रष्टाचारलाई संस्थागत गर्न जनमतले पनि अनुमोदन गर्यो भन्नुचाहिँ कतै शोभनीय भएन भन्ने कुरालाई यथार्थपरक नै मानिनुपर्दछ।

निःसन्देह कुनै पनि विषयमा व्यक्ति–व्यक्तिबीच फरकपन आउनु नौलो पटक्कै मानिदैन। यस अर्थमा निर्वाचन परिणामको विषयमा जतिसुकै आलोचनात्मक टिप्पणी प्रवाह भए तापनि वर्तमान सत्तासीनहरूलाई ‘तिमीहरूले खोजेको पाँचबर्से दुई तिहाइ दिएका छौं, स्थानीय तहमा बाँकी रहेको समय अढाइ वर्षभित्र र प्रदेश र केन्द्रमा बाँकी रहेको समय तीन वर्षभित्र देशमा देखिएका समस्याको सार्थक सम्बोधन गर्दै अगाडि बढ’ भन्ने सन्देश एकातिर सत्तासीनहरूलाई प्रदान गरेका छन् भने अर्कोतिर प्रतिपक्षको जोडदार भूमिकाको पनि मतदाताहरूले अपेक्षा गरेका छन्। सम्पन्न उपनिर्वाचनको नतिजाले यही कुराको प्रस्ट संकेत प्रवाह गरेको छ।

सम्पन्न उपनिर्वाचनमा वैकल्पिक शक्ति भनी आपूmलाई स्थापित गर्न खोजेका दुईवटा नयाँ दलहरू विशेष गरी साझा र विवेकशील दलहरूले पनि आ–आफ्नो तर्पmबाट महिला उम्मेदवारी नै दर्ता गराए पनि मत परिणामले चाहिँ मेहनत गरेअनुसारको मत प्राप्त नभएको अनुभूति हुन पुगेको छ। मतदाताले विगतमा भएको निर्वाचनमा दिएको मतभन्दा पनि कम मत प्रदान गरेर यथेष्ट ठोस नीति र कार्यान्वयन गर्ने तरिकासहित देशमा देखिएको समस्यालाई सम्बोधन गर्ने कार्ययोजनासहित आगामी अढाइ वर्षपछि स्थानीय तहमा र तीन वर्षपछि केन्द्र र प्रदेशसभामा झुल्किन खबरदारी गरे।

साना तथा वैकल्पिक भनिने दलहरूले यही कुरालाई मनन गरी संस्थागत क्षमतासहित अगाडि बढ्नु बुद्धिमानी हुनेछ, विशेष गरी साझा दलले यो विषयलाई हृदयंगम गर्नै पर्दछ। साझाका संयोजक रवीन्द्र मिश्रले बेला–बेलामा भन्दै आएको ‘मानव हौ, गल्ती गरौंला तर जनतालाई बेइमान र धोका दिनेछैनौं’ भन्ने वाक्यलाई सापट लिने हो भने यो मामिलामा सम्बन्धित क्षेत्रका मतदाताहरूले प्रयोग गरेको मतलाई विसंगति र भ्रष्टाचारजन्य कार्यलाई अनुमोदन हुन पुग्यो भन्ने आरोप सम्बन्धित दलको मिथ्या आरोप हो। याहाँनिर मानवको गल्ती भएको छ, यस अर्थमा सम्बन्धित क्षेत्रका मतदातासँग साझा दलले क्षमा माग्न कन्जुस्याइँ गर्न हुँदैन।

सामान्यतया राजनीतिमा होम्मिइसकेपछि जसको विरुद्धमा आफ्नो उम्मेदवारी दिएको हो उनीहरूसँगै र उनीहरूको कार्यकर्तासँग ‘तिमीहरूको नेताले एक सिट नजित्दैमा केही फरक पर्दैन, त्यसैले हामीलाई मत देऊ’ भनेर मत माग्नु ठूलो भूल मानिन्छ। कास्कीको दुई नम्बर क्षेत्रमा भएको उपनिर्वाचनको सन्ध्यामा भएको प्रचारप्रसारमा यस्तै–यस्तै देखियो। अर्थात् मत माग्ने क्रममा एकस्थान नेकपाले नजित्दैमा उसको दुई तिहाइमा कुनै असर पर्ने होइन र कांग्रेसले नजित्दैमा ऊ प्रमुख प्रतिपक्षबाट ओरालो लाग्ने होइन भन्दै मत माग्ने जमर्को गर्नु नै साझाको लागि प्रत्युत्पादक बन्न पुगेको जनजनको विश्लेषण छ।

एउटा आशा के थियो भने, नेकपा वा कांग्रेस जसले निर्वाचन परिणाम हात पारे पनि साझाको पनि सम्मानजनक मत आउनेमा प्रायः जनजनहरू ढुक्क देखिन्थे तर निर्वाचन प्रचारका क्रममा देखिएका केही विसंगतिपूर्ण प्रचार र विपक्षीहरूका गलत कामहरूको जति सक्दो प्रमाणसहित भण्डाफोर गर्नुभन्दा पनि दयाको मत प्राप्त गर्ने प्रयासले सोचेको र अनुमान गरे जति सम्मानजनक मत प्राप्त हुन सकेन। यसलाई साझाले भविष्यको लागि राम्रो पाठको रुपमा ग्रहण गर्न सक्यो भने भविष्यमा उपलब्धि प्राप्त गर्न मद्दत पुग्न सक्छ।

नयाँ दलहरूले विचार पुर्याउनुपर्ने अर्को कुरा के हो भने, आफ्नो दलको स्पष्ट खाका जनसमक्ष पस्किनुपर्दछ र सोही किसिमको आचरण सत्तामा नपुग्दा पनि देखाउन सक्नुपर्दछ। जनताले ‘अब हामीलाई सत्तामा पुर्याइदेऊ, हामी यस्तो–यस्तो गर्छौं’ भनेका भरमा विश्वास गर्दै मत हालिहाल्छन् भन्ने छैन। जुन–जुन काम सत्तामा पुगेपछि गर्छौं भनेका छन्, सत्तामा नपुग्दै पनि त्यो काम गर्न अघि सर्नेलाई जनताले पत्याउने अवस्था रहन्छ। हामी सत्तामा पुगेपछि छयालीस सालयताका उच्च ओहदामा कर्मचारी र राजनीतिज्ञहरू सबैको सम्पत्ति छानबिन गर्छौं भन्दैमा मत आउँदैन, यदि यो विषयलाई सार्थकरुपमा सम्बोधन गर्ने हो भने भ्रष्टाचारीहरूको नाम नै सार्वजनिक गर्दै कारबाहीको लागि वर्तमान सरकारलाई दबाब दिन सक्नुपर्दछ। दबाबको नाउँमा माइतीघर मण्डलामा लाइन लागेर एक दिन कराउँदैमा यो विषयमा सार्थक सम्बोधन हुँदै हुँदैन। त्यसको लागि सशक्त आन्दोलको खाँचो पर्दछ। राजनीतिक व्यवसायीहरूका आपूmलगायत थुप्रै आफन्तहरू त्यसमा मुछिने हुनाले मुखले हुन्छ–हुन्छ भने पनि कार्यगत तहमा अगाडि कहिल्यै बढाउँदैनन्। अख्तियारमा तामेलीमा रहेका हजारौं मुद्दा र गठित विभिन्न समितिहरूले आफ्नो प्रतिकूल दिएका प्रतिवेदनहरू गुपचुप गराउने वा तामेलीमा राख्ने वा आफ्नो अनुकूलको छुट्टै समिति गठन गरी प्रतिवदेन ल्याउने कार्यहरू यसैका ज्वलन्त प्रमाण हुन्।

अहिलेसम्म नयाँ दलका स्थानीय संगठनहरू छैनन्। स्थापनाका शुरुवाती दिनहरूमा स्थानीय संगठन नभए तापनि अहिले स्थापना भएको झन्डै तीन वर्ष हुन लाग्दा पनि स्थानीय तहमा संगठनात्मक स्वरुप पहिलाको जस्तै शून्य अवस्थामा नै छ। स्थानीय तहमा कहीँ–कतै कार्यकर्ताहरू देखिएका छैनन्। अबको अढाइ–तीन वर्ष भनेको व्यापकरुपमा स्थानीय इमानदार व्यक्ति तथा युवाहरूलाई तयार पार्दै स्थान उपलब्ध गराउनु र परिचालन गर्नु हो।

वर्तमान सत्ताका शासकहरू र प्रमुख प्रतिपक्षका विगतदेखिका काम–कारबाहीबाट जनता पक्कै वाक्कदिक्क भएका छन्। त्यसको विरुद्धमा खरो उत्रिन सक्ने नेतृत्व जनताले खोजिरहेकोमा विमति छँदै छैन। विश्वासिलो नेतृत्व खरोरुपमा उत्रेर सोही अनुरुप जनजनको मन छुने कार्यक्रम पस्किन सक्यो भने आगामी अढाइ–तीन वर्षपछि उदाउने भनेको त्यही नेतृत्व नै हो भन्ने कुरामा द्विविधा छैन। तर यदि यस्तै ढुलमूले राजनीतिलाई अंगिकार गर्दै जाने हो भने अढाइ–तीन वर्षपछि पनि यी पुरानै सत्ताका सञ्चालकहरूमध्ये कुनै एकले सत्ताको बागडोरमा हैकम चलाउनेछन् र कुनै एकले प्रतिपक्षको हुँकार छोड्नेछन्। जनजनमा कुनै तात्विक असर पर्नेछैन।
(लेखक मैनाली अधिवक्ता हुनुहुन्छ।)

प्रतिक्रिया दिनुहोस्