रक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न



न्युज अफ नेपाल, काठमाडौ ।
मध्य पश्चिम पृतना हेडक्वाटरका पृतनापति सीताराम खड्काले ५ नं. प्रदेशका विभिन्न मिडिया हाउसमा कार्यरत रक्षा संवाददाताहरुलाई समावेश गरी सञ्चालन भएको रक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेका छन् ।

नेपाली सेना सम्बन्धी जानकारीमूलक कक्षा स‌ंचालन गरी आधारभूत ज्ञान दिलाउने उद्देश्यका साथ सञ्चालन भएको यस कार्यक्रमले विभिन्न मिडिया हाउसमा कार्यरत रक्षा संवाददाताहरुलाई नेपाली सेना सम्बन्धी समाचार सम्प्रेषण गर्दा स्पष्टता कायम भई सहज हुने विश्वास नेपाली सेनाले लिएको छ।

नं ५ प्रदेशमा कार्यरत रहेका २० जना सञ्चारकर्मीहरुलाई समावेश गराई सञ्चालन भएको उक्त रक्षा संवाददाता कार्यक्रम मंसिर १५ देखि १९ गतेसम्म सञ्चालन भएको छ ।

उक्त कार्यक्रम प्रत्येक वर्ष नेपाली सेनाको सबै पृतना स्तरमा १५ जनादेखि २० जनासम्म सञ्चारकर्मीहरुलाई समावेश गरी सञ्चालन गर्ने उद्देश्य नेपाली सेनाले लिएको छ ।

पाँच दिने उक्त कार्यक्रममा नेपाली सेनाको सांगठनिक संरचना तथा विभिन्‍न विभागहरुको जिम्मेवारी, विविध गतिविधिहरु, अन्तरक्रिया लगायत नेपाली सेनाको विभिन्‍न युनिटहरुको स्थलगत भ्रमण समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्