सुर्यबिनायक नगरपालिकाले गर्याे आठ स्वास्थ्य स्वयम् सेविकालाई सम्मान



न्युज अफ नेपाल, भक्तपुर ।

सुर्यबिनायक नगरपालिकाले १६ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयम् सेविका दिवसको अवसरमा आज ८ जना स्वास्थ्य स्वयम् सेविकालाई सम्मानित गरेको छ ।

गाउँ नगरमा महिला स्वास्थ्य स्वयम् सेविका ,स्वास्थ्य प्रबद्र्घनमा अहम् भूमिका भन्ने नाराका साथ आयोजित कार्यक्रममा प्रत्येक वडाबाट एक एक जनाका दरले ८ जनालाई सम्मानपत्र र प्रत्येकलाई नगद रु ३ हजार सहित सम्मान गरिएको हो ।

सम्मानित हुनेमा महिला स्वास्थ्य स्वयम् सेविकामा सानु बिष्ट, सबिता थापा, रेणु राजथला, यशोदा वाग्ले, धनदेवी श्रेष्ठ, रामप्यारी थापा, लक्ष्मी महत र द्रौपता कार्की रहेको नगरपालिकाका स्वास्थ्य संयोजक बसन्त चापागाईंले बताउनुभयो ।

स्वास्थ्य स्वयं सेविकालाई नगरपालिकाको तर्फबाट नगरप्रमुख बासुदेब थापाले सम्मानित गर्नुभयो । उहाँले आधारभूत,निशुल्क र गुणात्मक स्वास्थ्य सेवा प्रदानमा स्वास्थ्य स्वयं सेविकाले खेलेको भूमिका महत्वपुर्ण रहेको बताउनुभयो ।

सीमित स्रोत साधनको बाबजुद पनि नगरपालिकाले स्वास्थ्य स्वयं सेविकाको सुबिधा बृद्घिमा ध्यान दिएको बताउनुभयो ।

नगरपालिकाका सामाजिक शाखा प्रमुख तथा वडाध्यक्ष किरण थापाले नगरपालिकाले स्वास्थ्य स्वयं सेविकासँग बृहत् अन्तरकृया गरी सक्दो सुबिधा प्रदान गर्न ध्यान दिने बताउनुभयो ।कार्यक्रममा महिला स्वास्थ्य सेविकाले सुबिधा बृद्धि ,निशुल्क उपचार र स्वास्थ्य बिमामा पुर्ण छुटको माग गरेका छन् ।

कार्यक्रममा स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजार, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, नगरपालिकाका प्रबत्ता उपेन्द्र केसी, नगरपालिकाका कर्मचारी शाखा प्रमुख आरती न्यौपाने लगायतले गुणात्मक स्वास्थ्य सेवा प्रदानमा स्वास्थ्य स्वयं सेविकाले समुदायमा खेलेको भूमिका महत्वपुर्ण रहेको बताउनुभयो ।

वडा नं.३ र ६ मा भने स्वास्थ्य चौकी बन्ने क्रममा रहेका छन् । नगरपालिकाले हरेक स्वास्थ्य स्वयं सेविकालाई महिनाको एक हजार प्रोत्साहन भत्ता दिंदै आएको स्वास्थ्य संयोजक बसन्त चापागाईंले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्