उसुको सान्डा सान्सोतर्फ नेपाललाई स्वर्ण



न्युज अफ नेपाल, काठमाडौँ ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालले उसुको सान्डा सान्सोमा स्वर्ण पदक हाँसिल गरेको छ ।

लगनखेलस्थित त्रिभुवन आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा भएको खेलमा जुनी राईले महिलातर्फ ५६ केजी तौल समूहको खेलमा श्रीलंकाकी मदुमालीलाई २-० को नतिजामा पराजित गर्दै स्वर्ण हात पारेकि हुन् ।

जुनीको जितसँगै नेपालले उसुमा चार स्वर्ण हात पारेको छ ।

प्रतिक्रिया दिनुहोस्