क्रस कन्ट्री साइक्लिङमा वुद्धिलाई स्वर्ण



न्युज अफ नेपाल, काठमाडौं ।

नेपालका वुद्धि बहादुर तामाङले १३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत साइक्लिङमा स्वर्ण पदक जितेका छन।

उनले साइक्लिङको क्रस कन्ट्री पुरुषमा स्वर्ण जितेका हुन। क्रस कन्ट्रीको ४ किलो मिटरको ४ ल्याप वुद्धिले १ घण्टा १९ मिनेट ०८ सेकेण्डको समयमा पूरा गर्दै स्वर्ण चूमे । वुद्धिले स्वर्ण जितेसँगै नेपालले साग इतिहासको एकै संस्करणमा सर्वाधिक स्वर्णको कीर्तिमान बनाएको छ । नेपालले साग इतिहासमा पहिलोपटक ३२ स्वर्ण जितेको हो ।

नेपालले यस अघि नेपालमै भएको आठौं सागमा सर्वाधिक ३१ स्वर्ण जितेको थियो । त्यस्तै साइक्लिङमा नै नेपालका राजिब राईले रजत र नेपालकै ओकेश राज बज्राचार्यले कास्य जितेका छन् । राजिबले १ घण्टा १९ मिनेट ४० सेकेण्ड र ओकेशले १ घण्टा २१ मिनेटको समय निकाले ।

प्रतिक्रिया दिनुहोस्