डेटीमा आगो लगाएर युवतीकाे हत्या, ज्वाँइकै संलग्नता रहेको माइतीको आरोप



न्युज अफ नेपाल, डोटी ।

डोटीको शिखर नगरपालिकाकी एक युवतीलाई आगो लगाएर हत्या गरेको अभियोग लागेको छ । छब्बीस वर्षीया भावना भट्टलाई उनकै परिवारले पेट्रोल छर्किँदैै आगो लगाएर हत्या गरेको माइती पक्षले आरोप लगाएको छ । मृतकका दाइ शालिग्राम भट्टले बहिनिको हत्यामा आफ्नै ज्वाँई मीनराज शर्माको संग्लनता रहेको बताएका छन् ।

मङ्सिर ७ गते शरीरमा आगो लागेपछि गम्भीर घाइते भएकी भावनाको उपचारका लागि डोटीको सुजङ अस्पतालमा लगिएको थियो । सुजङमा उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई सेती प्रादेशिक अस्पताल कैलाली पठाइएको थियो । त्यहाँ पनि उपचा। सम्भव नभएपछि मृतक भावनालाई भारतको बलेरी लगिएको थियो । उपचारपछि बेरी अस्पतालले स्वास्थ्य अवस्थामा सुधार आएको भन्दै घर पठाएकी भावनाको घर आएपछि मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय डोटीले उक्त घटनाबारे कुनै उजुरी नपरेको जनाएको छ । प्रहरका अनुसार उजुरी आएपछि अनुसन्धान अघि बढ्ने छ ।

प्रतिक्रिया दिनुहोस्