गण्डकी मेडिकल कलेज परिसरबाटै ९ विद्यार्थी पक्राउ



न्युज अफ नेपाल, पोखरा ।

एमबीबीएस परीक्षा बहिस्कार गर्ने नौ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । गण्डकी मेडिकल कलेज परिसरबाटै बिहीबार ९ जना विद्यार्थी पक्राउ परेका छन् ।

केही समय परीक्षा हलमा बसेर विद्यार्थीहरु बाहिर निस्किएका थिए । पक्राउ परेका विद्यार्थीलाई प्रहरीले डाँडाको नाक प्रहरी चौकीमा राखेको छ।

मेडिकल कलेजले अवैधरूपमा उठाएको शुल्क फिर्ताको माग राखेका उनीहरूले माग पूरा नभएसम्म परीक्षामा सहभागी नहुने जिकिरका साथ आन्दोलनमा उत्रिएका छन्। सरकार र कलेज सञ्चालकबीच यही मंसिर १० गते २ बुँदे सहमति भएलगत्तै विद्यार्थीले सहमति कलेज सञ्चालकको हितमा भएको भन्दै विरोध जारी राखेका हुन्।

प्रतिक्रिया दिनुहोस्