महिला फुटबल : भारत फाइनलमा प्रवेश, नेपाल र माल्दिभ्स भिड्दै



न्युज अफ नेपाल, पोखरा ।

१३ औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पोखरामा बिहीबार सम्पन्न भएको महिला फुटबलमा श्रीलंका विरुद्ध भारतले जित हाँसिल गरेको छ । भारतले श्रीलंकाविरुद्ध ६–० को फराकिलो अन्तरले जितेको छ ।

भारतका लागि डेनगमीले पहिलो ४ औं मिनेटमा गोल गरेकि छन् । त्यस्तै सन्ध्या र रत्नवालाले समान २ गोलको योगदान दिए र थप १ गोल वालादेवीले गरिन् ।

यस्तै, फाइनल प्रवेशका लागि बिहीबार दिउँसो २ बजे नेपाल र माल्दिभ्स भिड्दै छन् । सो खेलमा जित्नेले फाइनलमा भातरसँग भिड्ने छ ।

प्रतिक्रिया दिनुहोस्