क्रस-कन्ट्री साइक्लिङमा नेपालले जित्यो स्वर्ण र रजत



न्युज अफ नेपाल, काठमाडौँ ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत क्रस-कन्ट्री साइक्लिङमा नेपालले स्वर्ण र रजत पदक जितेको छ । नेपालका लागि लक्ष्मी मगरले स्वर्ण पदक र उषा खनालले रजत पदक हात पारेका छन् ।

मगरले १ घण्टा २० मिनेट २० सेकेन्डमा लक्ष्य पूरा गरेकि छन् भने दोस्रो भएकी उषाले १ घण्टा ३५ मिनेट ५२ सेकेण्डमा लक्ष्य पूरा गरिन् ।

यस्तै कास्य पदक भारतीय खेलाडील जितेकि छन् ।

प्रतिक्रिया दिनुहोस्