नेपालद्वारा भुटान १४१ रनले पराजित



न्युज अफ नेपाल, काठमाडौँ ।

१३ औँ दक्षिण एसिया खेलकुद (साग) अन्तर्गत क्रिकेटमा नेपालले भुटानविरुद्ध कीर्तिमानी जित हासिल गरेको छ । भुटानलाई १४१ रनले पराजित गर्दै नेपालले जितेको छ । नेपालका लागि पारस खड्काले दुई विकेट लिए भने करण केसी, ललितनारायण राजवंशी र पवन सर्राफले एक–एक विकेट लिए ।

यस्तै नेपालका कप्तान ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका छन् । आक्रमक ब्याटिङ गरेका ज्ञानेन्द्रको टी–२० तर्फ पहिलो शतक हो । टस जितेर फिल्डिङ राजेको नेपालका लागि कप्तान मल्लले ५५ बलमा १०७ रन बनाए । उनले ९ छक्का र पाँच चौका प्रहार गरे ज्ञानेन्द्रसँग ओपनिङमा आएका पारस खड्काले समेत अर्धशतक बनाए ।

उनले २८ बलमा ५७ रन जोडेका थिए । पारसले दुई छक्का र चार चौका प्रहार गरे । उपकप्तान दीपेन्द्रसिंह ऐरीले ४५ र आरिफ शेखले ४ रन बनाउँदा भुटान विरुद्ध २३६ रन बनाए ।

प्रतिक्रिया दिनुहोस्