क्रिकेटमा ज्ञानेन्द्रले हाने सतक, नेपालद्वारा भुटानलाई २३७ रनको लक्ष्य



न्युज अफ नेपाल, काठमाडौं ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले टी(ट्वान्टीमा सतक प्रहार गरेका छन्। योसँगै कप्तान ज्ञानेन्द्र टी–ट्वान्टी अन्तराष्ट्रियमा शतक बनाउने दोस्रो खेलाडी बनेका छन् ।

यस अघि पारस खड्काले मात्र शतक बनाएका थिए। बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको भुटानविरूद्धको खेलमा ज्ञानेन्द्रले ५२ बलमा सतक हानेका हुन्। ज्ञानेन्द्रले ५ चौका र ९ छक्का प्रहार गरे। मल्लले ५५ बल खेल्दै १०७ रन बनाएर आउट भए।

नेपालले भुटानलाई २३७ रनको विजयी लक्ष्य दिएको दिएको छ। नेपालले पुरै २० औं ओभर खेल्दै ३ विकेटको क्षतिमा २३६ रन बनायो।

प्रतिक्रिया दिनुहोस्